चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

च्याम्पियन्स लिगको उपाधि चेल्सीले जितेको छ।

पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा शनिबार राति भएको खेलमा प्रतिद्वन्द्वी क्लब म्यान्चेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले दोस्रो पटक उपाधि जितेको हो।

यसअघि चेल्सीले २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो।

चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए।

पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा परिणत गर्दै हाभर्ट्जले चेल्सीलाई अग्रता दिलाएका थिए। सोही अग्रतालाई बचाउ गर्दै चेल्सीले ९ वर्षपछि दोस्रो पटक उपाधि उचालेको हो।

खेल अवधिभर भने सिटीले चेल्सीलाई दबाब दिएको थियो। ६१ प्रतिशत बल नियन्त्रणमा लिएको सिटीले चेल्सीको पोस्टमा ७ प्रहार गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।