आइपीएलका बाँकी खेलहरु युएईमा हुने निश्चित


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

इण्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेलहरु युएईमा आयोजना हुने निश्चित भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को शनिबार बसेको विशेष साधारण सभाले कोरोना महामारीका कारण स्थगितआईपीएलका बाँकी ३१ खेलहरु युएईमा आयोजना गर्ने निर्णयलाई अनुमोदन गरेको हो।

बोर्डले सेप्टेम्बर–अक्टुबर विन्डोमा प्रतियोगिता आयोजना गर्ने बिषयमा अध्ययन गरिरहेको छ।

बीसीसीआईले आईपीएल २०२१ का बाँकी खेलहरु युएईको अबुधाबी, शारजाह र दुबईका ३ मैदानमा खेलाइने समेत जनाएको छ। आईपीएलका बाँकी ३१ खेलहरू युएईमा सेप्टेम्बरको तेस्रो सातादेखि अक्टुबरसम्म खेलाउने तयारीमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।