पोखरा । गण्डकी प्रदेशमा आइतबार कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा ५४० जनामा कारोना भाइरस संकमण पुष्टि हुँदा ८५९ जना कोरोना भाइरस संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६६३ जनामा परीक्षण गर्दा संक्रमित घटेका हुन् ।
पछिल्लो क्रममा थपिने मध्य बाग्लुङबम ११५, गोरखाका १०४, लमजुङका ८९, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ८५, कास्कीका ७४, पर्वतका ३४, तनहुँका १७, म्याग्दीका १५ र स्याङ्जाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म प्रदेशभर ४१ हजार ६८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य ३० हजार २३२ जना संक्रमणमुक्त भएका छन् । अव प्रदेशभर १० हजार ७८९ जना आइसोलेसनमा छन् ।
गत हप्तामात्रै ७ हजार एक सयजनामा कोरोना भाइरस संक्रमण हुँदा ६ हजार ६५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । यस्तै एक साताको अवधीमा १३० जनाका दुःखद निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको निधन भएसंगै हालसम्म प्रदेशभर ६६१ जनाले ज्यान गुमाएका छन् ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ७२.५३ प्रतिशतले स्वास्थ्य लाभ गरिसकेका छन् । यस्तै २५.८८ प्रतिशत आइसोलेसनमा रहेको र १.५९ प्रतिशतको मृत्यु भएको जनाइएको छ ।
यसअघि शनिबार पनि प्रदेशमा कोरोना भाइरस संक्रमितभन्दा निको हुनेको संख्या धेरै रहेको थियो ।
प्रदेशमा कास्की सहितका जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि तीन सातादेखी निषेधाज्ञा जारी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक…







