पोखरामा एक व्यक्ति मृत फेला


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित




पोखरामा एक व्यक्ति मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २३ कार्कीको तगारोमा डेरा गरी बस्ने करीब ३५ वर्षका श्री विक मृत अवस्थामा फेला परेका हुन् ।

पोखरा–२३ स्थित हर्पनखोलाको किनारमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।