फाइल तस्बिर ।
पोखरा । गण्डकी प्रदेशको सांसद पदबाट हटाइएका कृष्ण थापाले आफुलाई हटाउनु इतिहासमा अनौठो मजाक भएको बताएका छन् । संसद र पार्टीबाट निस्कासित भएपछि सामािजक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा पार्टीले कारबाही गरेको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, ‘आहा आहा हामी कम्युनिस्ट । जीवनमा धेरै हारको सामना गरियो, ५ दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्विक अन्तर पार्ने छैन । यो हार अलि रमाइलो प्रकारको पनि भयो । कांग्रेसको सरकार नबनाउदा आफनो सांसद खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो । इतिहासले अवश्य मूल्यांकन गर्ने छ ।’
सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र बागलुङ १ (ख) का मतदातासँग माफीसमेत मागेका छन् । ‘बागलुङ १ (ख) का सम्पूर्ण जनतामा तपाईंहरुको अभिमत विपरीत जान सकिनँ । हजुरहरुको अभिमतलाई हार्दिक हार्दिक अभिवादन ।’ थापाले लेखेका छन् । पार्टीको ह्विप विपरीत पृथ्वीसुब्बा गुरुङ सरकारलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिएपछि थापालाई राष्ट्रिय जनमाेर्चाले कारबाही गर्दै सांसद पदबाट समेत हटाएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







