पोखरा । कास्की परिवार दक्षिण कोरियाद्वारा प्रेषित अक्सिजन तथा औषधिजन्य सामग्री पोखरामा बिहिबार एक समारोहका बिच बिभिन्न पालिकाहरुलाई हस्तान्तरण गरिएको छ ।
कास्कीको अन्नुपर्ण, माछापुच्छ्रे,रुपा , मादी गांउपालिका र पोखरा महानगरपालिकाको वडा नम्बर २१ लाई १/१ वटा अक्सिजन कन्सन्ट्रेटर, ५/५ थान पल्स अक्सिमिटर , ३/३ थान इन्फ्रारेड थर्मोमिटर, ५/५ थान डिजिटल थर्मोमिटर, ३/३ थान अक्सिजन मास्क , १/१ हजार पिस सर्जिकल मास्क, २/२ बक्स ग्लोब्स र ५/५ लिटर हेण्ड सेनिटाइजर प्रदान गरिएको स्थानिय संयोजक निरज थापाले जानकारी दिए ।
कास्की परिवार द।कोरियाका अध्यक्ष प्रबिण गिरी र सचिब बिनोद दहालद्वारा जारी बिज्ञप्तिमा कोरोना महामारीको बेला गृह जिल्ला कास्कीमा अक्सिजन लगायतका सामग्रि अभाब रहेको खबर थाहा पाउदा ध्यानाकर्षण भई एक हप्ते आर्थिक सहयोग अभियान संचालन गरि संकलित रकम र बांकि परिवारको कोषबाट थप गरि ति सामग्री खरिद गरि पठाइएको हो ।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको समन्वयमा ति सामग्रीहरु सम्बन्धित पालिकाका प्रमुख, उप(प्रमुखको उपश्थितिमा हस्तान्तरण गरिएको सह(संयोजक बिकास अधिकारीले एभरेस्ट आवाजलाई बताएका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







