, ,

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित घट्दै, १०५३ संक्रमित कोरोनामुत्त


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या लगातार घट्ने क्रममा रहेको छ ।

पछिल्लो २४ घण्टामा ९०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक हजार ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या घट्ने क्रममा रहेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अव प्रदेशमा ९ हजार ७१४ जना सक्रिय संक्रमित छन् । तीमध्य ९ हजार १० जना होमआइसोलेसनमा छन् ।

आज संक्रमित हुनेमध्य सबैभन्दा धेरै कास्कीका ३०३, गोरखाका ९८, स्याङ्जाका ९३, नवलपरासी पूर्वका ८५, लमजुङका ८२, बाग्लुङका ७३, तनहुँका ७०, म्याग्दीका ४७, पर्वतका ३९, मनाङका १५ र मुस्ताङका एक जनामा संक्रमण पुष्टि भएको हो ।
विभिन्न प्रयोगशालामा २ हजार ३११ जनामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका सहित हालसम्म प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ७४१ पुगेको छ । तीमध्य हालसम्म ३४ हजार ३०४ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसहित हालसम्म ७२३ जनाको कोरोना संक्रमणबाट ज्यान गुमेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लगाइएको निषेधाज्ञा अझैपनि विभिन्न जिल्लामा करिव एक महिनादेखि जारी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।