विश्वकप छनोट:अर्जेन्टिना-चिली बराबरीमा रोकियो


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्वकप छनोटमा दक्षिण अमेरिकी अर्जेन्टिना बिहीबार चिलीसँग १–१ को बराबरीमा रोकिएको छ।

दुबै देशले बराबरी खेलेको खेलमा अर्जेन्टिनाका मेसी र चिलीका सान्चेजले एक–एक गोल गरेका थिए।

लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन।

चिलीका तर्फबाट एलेक्स सान्चेजले ३६ औं मिनेटमा बराबरी गोल फर्काए। यो नतिजापछि अर्जेन्टिनाले ब्राजिललाई उछिनेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

यो नतिजापछि अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमै रह्यो। ब्राजिल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रह्यो। बुधबारकै अन्य खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेले भने बोलिभियाले भेनेजुएलालाई ३–१ ले हरायो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।