पोखरा । पोखरा लेडी जेसीजले विश्व वातावरण दिवसको अवसरमा फलफूलका विरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकासंगको सहकार्यमा आँप, एभोकाडो सहित विभिन्न प्रजातीका फूलका विरुवा रोपिएको पोखरा लेडी जेसीजका अध्यक्ष कमला शर्मा बिनिताले जानकारी दिइन् ।
‘आत्म निर्भर बनाउ वातावरण संरक्षण गरौँ’ भन्ने नाराका साथ पोखरा–८ को सडक वरपर फलफुल सहित फूलका विरुवा रोपिएको उनले बताइन् ।
पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेडी जेसीजका सदस्यका साथै वडा नं ८ का जनप्रतिनिधिको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक कविता सापकोटाले जानकारी दिइन् ।
विश्वभर कोरोना भाइरस कोभिड–१९ को महामारीको रुपमा अक्सिजन अभावको समस्यालाई मध्यनजर गर्दै प्रक्रितीलाई हराभरा बनाउँदै वातावरणसम्वन्धि सचेत रहन पनि क्लवले आग्रह गरेको छ ।
नेपाल सहित विश्वभर जुन ५ लाई विश्व वातावरण दिवसका रुपमा मनाउने गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







