पोखरा । विवेकशिल साझा पार्टी कास्कीको कोभिड–१९ रेस्पोन्स टिमको आयोजनामा पोखराका विभिन्न क्षेत्रका ३० परिवारलाई राहात वितरण गरिएको छ ।
विवेकशिल साझा पार्टी पोखरा महानगर कमिटीको संयोजन तथा कृष्ण भुजेलको समन्वयमा १९ जना अपाङ्गता भएका व्यक्ति र ११ जना अव्यवस्थित बसोबासी परिवारलाई दैनिक उपभोग्य खाद्यान्न, चामल,दाल, नुन, तेल, आलु लगायतका सामाग्री वितरण गरिएको कार्यक्रमको समन्वयकर्ता भुजेलले जानकारी दिए ।
कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अप्ठेरो अवस्थामा परेका उनीहरुलाई राहात वितरण गरिएको भुजेलले बताए ।
कास्की सहितका जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







