जर्मनी यु–२१ युरोपियन च्याम्पियन


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जर्मनी यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ।

उपाधि भिडन्तमा पोर्चुगललाई १–० ले हराउँदै जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा लुकास नेमेचाले ४९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

योसँगै जर्मनी तेस्रो पटक यु–२१ को युरो च्याम्पियन बनेको छ। तेस्रो पटक फाइनल खेलेको पोर्चुगल यसपटक पनि उपबिजेतामै सीमित बन्यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।