पोखरा । नेलम्बो नेपालले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशमा आवद्ध ९० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को चपेटामा परेका अति विपन्न ९० अपाङ्गता भएका परिवारलाई चामल, नुन, दाल, चना, चिनी, मसला तेल लगायतका खाद्यान्न गरि तीन लाख बराबरको सहयोग गरेको संस्थाले जनाएको छ । महासंघको सिफारिसमा उनीहरुलाई राहत वितरण गरिएको हो ।
संस्थाले सो खाद्यान्न राहात सामाग्री आज नै राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई हस्तान्त्रण गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।
स्थापना कालदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै नेलम्बो नेपाले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







