पोखरा । भिन्तुना यवा क्लव तेर्सापट्टीले कोभिड–१९ संक्रमितलाई लक्षित गर्दै भालिदेखी निःशूल्क खाना खुवाउने भएको छ ।
‘कोभिड–१९ विरुद्ध संगसंगै’ भन्ने नाराका साथ तेर्सापट्टी बुहारी समूहको सहयोगमा क्लवले पोखराको नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी)मा उपचारत कोरोना संक्रमितका लागि दुई छाक निःशूल्क खाना वितरण शुरु गर्न लागेको क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
क्लवले बिहान १० बजे र बेलुका ७ बजे संक्रमितहरुका लागि खाना वितरण गर्ने जनाइएको छ ।
२०५९ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक…







