पोखरा । कोरोनाको कहरको बेला सन्जिबनी दिदिबहिनी केन्द्र नेपाल विभिन्न संस्थाहरु र समस्यामा परेकाहरुका लागि नामले जस्तै कामले पनि सन्जिबनी बनेको छ। संक्रमणकोे कठिन अवस्थामा सञ्जिवनी दिदिबहिनी केन्द्रले कोरोना नियन्त्रणमा सघाउन, संक्रमितका लागि सेवा पुर्याउन, कोरोना पीडितलाई सहयोग साथै उपचारका लागि ३ लाख ४२ हजार रुपैया बराबरको सहयोग गरेको हो।
नेपालमा कोरोनाको संक्रमण बृद्धि भईरहदा परदेशमा रहनुभएका सञ्जिवनी दिदि बहिनी केन्द्रका संस्थापक, अक्षयकोषदाता, सहयोगी एवम सामाजिक अभियन्ताहरु र केन्द्रका कार्यसमितिको अभियान मार्फत सहयोग गरिएको हो। अभियानमा सामजिक आभियन्ता सञ्जिवनी दिदिबहिनी केन्द्रकी संस्थापक सदस्य तथा हङकङ बिभागिय प्रमुख नानी कमला गुरुङ, सन्जिवनी दिदिबहिनी केन्द्रका अक्षयकोष दाता माइली तमुस्यो(पुष्पा),सामाजिक आभियन्ताहरु झुमा गुरुङ, ज्योती गुरुङ, सामाजिक आभियन्ता सस्थांपक सदस्य तथा बेल्जियम बिभागिय प्रमुख याम कुमारी (उमा)गुरुङ र केन्द्रका कार्यसमितिको विशेष पहलमा संकलित रकमबाट संघ सस्था तथा प्रभावितलाई सञ्जिवनी दिदिबहिनी केन्द्रले दुइ चरण गरी सहयोग हस्तान्तरण गरेको हो।
शिक्षाको अवसरबाट बञ्जित महिला, लैंगिक हिंसामा परेका महिला, दीर्घ स्वास्थ्य समस्या भएकाहरु, कठिन अवस्थामा रहेका समुदायलाई साथ सहयोग गर्दै आइरहेको सञ्जिवनी दिदि बहिनी केन्द्र नेपालले यस वर्षको कोरोना कहरको पहिलो चरणमा कोभिड पिडितहरुको उपचारार्थ ७० हजार रुपैयाको १४० थान अक्सिजन सिलिण्डर भर्नका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाअञ्चल अस्पताल पोखरालाई हस्तान्तण गरेको हो भने बुटवल कालिकानगर निवासी एकै परिवारको तिनजना नरबहादुर गुरुङ, मनसुवा गुरुङ र छोरा प्रेम गुरुङ कोरोनाका कारण जीवन गुमाउनु परेको परिवारलाई २५ हजार रुपैया सहयोग गरेको हो।
यसरी नै दोश्रो चरणमा बतास फाउण्डेसनको नेतृत्व र एभरेस्ट एफ.एम.को सन्माचार सहकार्यको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्टका साथै थप आइसियु कक्ष निर्माण अभियानका लागि १ लाख रुपैया, मादी गाउँपालिका वडा ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ मार्फत वडावासीलाई १० हजार बराबरको माक्स, सेनिटाइजर सहयोग, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाअञ्चल अस्पताल पोखरालाई ३९ हजार बराबरको बिरामी सिफ्ट गर्ने ट्रली, २ थान, २ वटा सानो अक्सिजन ट्रली सञ्जिवनी दिदिबहिनी केन्द्रले सहयोग गरेको अध्छयक्ष बिना गुरुड.ले जानकारी दिनु भयो । यसरी नै घाँस काट्ने क्रममा रुखबाट लडि टाउकोमा गम्भीर चोट लागेका बाग्लुङ निवासी १८ बर्षिय अभिषेक रोकाको उपचारको लागि १० हजार सहयोग गरेको छ। यस्तै गरी मादी गाउँ पालिका वडा नं।१ सिक्लेसमा कोरोना संक्रमण अत्याधिक फैलिएकाले ८८ हजार बराबरको अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको सञ्जिवनी दिदि बहिनी केन्द्रकी अध्यक्ष बीना गुरुङले जानकारी दिनुभयो।
गतवर्ष पनि कोरोनाका कहरमा सञ्जिवनी दिदि बहिनी केन्द्रले देश विदेशमा रहेका सहयोगी, शुभचिन्तकहरुको साथले कोरोना पीडित र प्रभावितलाई स्वास्थ्य सामग्री, उपचार खर्च, खाद्यान्न लगायतको लाखौं रुपैया वितरण गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







