फाईल तस्बिर ।
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाएका छन् । यस प्रकारको गलत – भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
जारी विज्ञप्तिमा भनिएकोे छ, “मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत् राखी मिति २०७८-०२-२६ गते थप गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि प्रदेश प्रमुखको कार्यालयबाट गत वैशाख २६ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएको भनी जारी विज्ञप्तिमा बुधबारको मिति बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएकामा प्रदेश कार्यालयले आपत्ति जनाएकोे छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







