अब बन्ने गण्डकी प्रदेश सरकारको तालाचाँवी दीपक मनाङ्गेको हातमा

- मनाङ्गे भन्छन्, ‘प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकार निर्माणमा लाग्नेछु।’


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले राजीनामा दिएका छन्।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिएर मनाङ्गे पदमुक्त भएका छन्।

बिहीबार राति उनले राजीनामा दिएका हुन्। उनको राजीनामापछि गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले खेलकुद मन्त्रीलाई बर्खास्त गरेको समाचार छ।

त्यसपछि नैतिकताको आधारमा मन्त्री रहन नहुने भन्दै खेलकुदमन्त्री मनाङेले राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकारमा निर्माणमा लाग्नेछु।’

श्रोतका अनुसार उनको राजीनामा पछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन्। मनाङे पोखराको साङग्रिला रिसोर्टमा बसिरहेका छन्।

मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए।

मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफ लबनेपछि मनाङ्गेले विपक्षी गठबन्धन कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बन्ने गण्डकी प्रदेश सरकारका लागि सहयोग गर्ने श्रोतले बताएको छ।

पृथ्वीसुब्बा गुरुङले आवश्यक विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली काँग्रेस संसदीय दलका नेताका रुपमा रहेका कृष्णचन्द्रलाई अब गण्डकी प्रदेश सरकारका लागि बाटो खुलेको छ ।

बिहीबार, मुख्यमन्त्री पृथ्वीसुब्बाले २७ र विपक्षमा ३० मत परेको थियो। जसमा गण्डकी प्रदेश सरकार गठनका लागि ३१ मत आवश्यक पर्छ। मनाङ्गेको मतसहित विपक्षी गठबन्धनले गण्डकी प्रदेशमा सरकार बनाउने र त्यसका लागि मनाङ्गेले हस्ताक्षर दिने गठबन्धन श्रोत बताउँछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।