मुख्यमन्त्रीद्वारा मन्त्रीबाट दीपक मनाङ्गेलाई बर्खास्त


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेका छन् । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा गत बैशाख १६ गते मात्रै मन्त्री बनेका दीपक मनाङ्गे समेत भनिने उनको बिहीबारबाट मन्त्रीपद गुमेको हो ।

मुख्यमन्त्री गुरुङले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘राजिव गुरुङले हेर्दै आएको युवा तथा खेलकुद मन्त्रालयको कार्यभार म आफैंले हेर्ने गरी नेपालको संविधानको धारा १६९ उपधार २ खण्ड ख बमोजिम आजकै मितिदेखि राजिव गुरुङलाई मन्त्री पदबाट मुक्त गरिएको व्योहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’ भनेका छन् ।

यसअघी कांग्रेस, माओवादी केन्द्र र राजपाले जनमोर्चाको समेत समर्थनमा ल्याएको अविश्वासको पक्षमा बहुमत पुग्न नदिन मुख्यमन्त्रीले मनाङेलाई गत बैशाख १६ गते मन्त्रीमा नियुक्त गरेका थिए । पहिलो कार्यकाल ११ दिन मन्त्री बनेका मनाङे दोश्रो पटकपनि मन्त्री बन्दै गत बैशाख २९ गते मुख्यमन्त्री बनेका गुरुङले सत्ता टिकाउने उद्धेश्यले मनाङेलाई दोश्रो पटक मुख्यमन्त्री बनाएका थिए ।

तर विश्वासको मत पाउने अपेक्षाका साथ मन्त्री बनाइएका मनाङेले मुख्यमन्त्रीले विश्वासको मत कुनैपनि हालतमा नपाउने स्थिति थाहा पाएपछि अघिल्लो दिन नै मुख्यमन्त्रीको साथ छाडेको श्रोतले बताएको छ । सोहि कारण उनी बुधबारको मन्त्री परिषद बैठकमासमेत अनुपस्थित भएका थिए ।
दीपक मनाङे मनाङ ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।