तस्बीरः गुगलबाट
कोपा अमेरीका फुटबल २०२१ का लागी अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ
अर्जेन्टिनाको फुटबल संघले मेस्सीको कप्तानीमा २८ सदस्यीय टोली घोषणा गरेको हो।
टिममा ४ गोलकिपर, ९ डिफेन्डर, ९ मिडफिल्डर र ५ जना स्ट्राइकर समावेश गरेका अर्जेन्टिनाका प्रशिक्षकले डिफेन्डर हुवान फोयथ र लुकास ओकाम्पोसलाई टिममा राखेका छैनन्।
क्रिस्टियन रोमेरा र नहुइल मालिनाले पहिलो पटक टिममा स्थान बनाएका छन्।
यस पटकको कोपा अमेरिका ब्राजिलमा आयोजना हुँदैछ। समुह ‘ए’ मा रहेको अर्जेन्टिनाले आफ्नो पहिलो खेल सोमबार चिलीविरुद्ध खेल्ने छ।
अर्जेन्टिना र चिली बाहेक समुह ‘ए’ मा उरुग्वे, बोलिभिया र पाराग्वे रहेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







