‘तमु धिं यूकेद्वारा गण्डकी प्रदेश सरकारलाई २५ थान अक्सिजन कन्सन्ट्रेटर र प्लान्ट निर्माणकालागि १० लाख सहयोग हस्तान्तरण’


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित




पोखरा । तमु धिं यूकेले गण्डकी प्रदेश सरकारलाई शनिबार २५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा शनिबार तमु धिं यूकेको आयोजना र बतास फाउन्डेशनको समन्वयमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । कोरोना महामारीको बेला तमु धिं यूकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर प्रदेश भरिका अस्पतालमा आवश्यकता अनुसार पठाउन मुख्यमन्त्री गुरुङले सोहि कार्यक्रम मार्फत सम्तबन्धित निकायलाई निर्देशन दिए ।मुख्यमन्त्री गुरुङले तमु धिं यूके नेपाली र गण्डकी सरकारको सच्चा मित्र भएको उल्लेख गर्दै वर्तमान अध्यक्ष हित काजी गुरुङसहित उहाको टिमलाई धन्यवाद दिए । मुख्यमन्त्री गुरुङले नेपाली राजनीति ‘चोरलाई चौतारो साधुलाई शुलि’ भएको भन्दै कटाक्ष पनि गरे ।
यस्तै तमु धिं यूकेले बतास फाउन्डेशनको नेतृत्वको अक्सिजन प्लान्ट अभियानमा १० लाख रुपैयाँ सहयोग पनि हस्तान्तरण गरेको छ । तमु धिं यूकेका नेपाल संयोजक मे.लक्ष्मिप्रसाद गुरुड.ले अक्सिजन प्लान्ट निर्माण समितिका कोषाध्यक्ष नारायण पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।
पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा तमु धिं यूकेलाई धन्यवाद दिँदै सहयोग सदुपयोग हुने विश्वास दिलाए । कार्यक्रमको संयोजन तथा सञ्‍चालन तमु धिं यूकेका नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले गरेका थिए ।
कार्यक्रममा नेपालबाट सांसदहरु मिनप्रसाद गुरुङ, मनबहादुर गुरुङ, मिना गुरुङ, तमु धिं नेपाल र तमु धिं यूकेका पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मुछेत्र गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ, तमु धिं नेपालका अध्यक्ष एवं सञ्‍चारकर्मी हुमबहादुर गुरुङ लगायत पदाधिकारीहरु, विभिन्न संगठनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
बेलायतबाट अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, महासचिव परशु गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, तमुधिं सल्लाहकार मेजर रिटायर्ड कृष्ण गुरुङ, सल्लाहकार तथा सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, पूर्वकोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकार रोहित गुरुङ, तमु धिं आमा समूहकी महासचिव यशोधा गुरुङ लगायत प्रत्यक्ष जुम मार्फत जोडिएका थिए । तमु धिं युके नेपालमा मनकारि सामाजिक संस्थाको रुपमा स्थापित भएको छ । यसले पोखरा रंगशालाको पर्खाल निर्माण गर्दा होस् वा महाभुकम्पको बेला होस् दिल खोल्ेर सहयोग गर्दै आएको छ । गत बर्ष कोरोनाको पहिलो लहरको बेला पनि प.क्षे.अस्पताललाई स्वास्थ्य सामाग्रि, तमु कलाकारलाई आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कास्कीका ३०० पत्रकारकालागि कोरोना बिमा गर्न सहयोग गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।