कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई शनिबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

कांग्रेसका नेपालीलाई बिपक्षी गठबन्धनले मुख्यमन्त्रीमा प्रस्तावित गरेका थिए । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, जनमोर्चाका २ र स्वतन्त्र सांसद राजिव गुरुङ गरि ३१ सांसदले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेपनि दाबी गरेका थिए । तर उनले बहुमत हस्ताक्षर नबुझाएका कारण दाबी नपुगेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।