जोन्टा कल्ब अफ पोखराले समाज परिवर्तन र महिला सशक्तिकरणमा समर्पित भई काम गर्ने प्रतिबद्धता जनाएको छ । क्लवको दोस्रो ए जि एम मिटिङको अवसरमा क्लवकी अध्यक्ष लिना श्रेष्ठ गोशेलीले क्लवले सँधैजस्तै आगामी दिनमा पनि समाज परिवर्तन र महिला सशक्तिकरणमा समर्पित भई काम गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनले
कोभिड १९ को दोस्रो लहर निकै नै डरलाग्दो भएर आएको बताउँदै सबैलाई सचेत रहन आग्रहसमेत गरिन् । कोभिडका बाबजुद क्लवले २०७७ सालमा सराहनीय कार्य गरेको भन्दै सो कार्यमा क्लवका सबै सदस्यको साथ र सहयोग रहेको भन्दै धन्यवाद दिईन् ।
जुम प्रवीधिबाट भर्चुअल रुपमा भएको मिटिङमा कोभिड १९ बाट अकालमै मृत्यु भएकी क्लव सदस्य सुजता कायस्थ जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण सहित सम्मान गरिएको क्लवकी सचिव रोजीना रञ्जीत विजुक्छेले जानकारी दिईन् ।
मिटिङमा कार्यक्रमा बोल्दै कल्ब अध्यक्ष
मिटिङमा २०७७ मा कल्बले गरेका कार्यक्रम को प्रगति विवरण पेश गरिएको थियो भने एड्भोकेसि कमिटीकी प्रमुख अञ्जना चापागाई, एजुकेशन कमिटी प्रमुख मिलन थापा, कम्युनिकेसन एण्ड पि आर कमिटी प्रमुख नेलिसा ठकुरी, लिडरसिप स्किल कमिटी प्रमुख स्वेता पिया, फाइनान्सीयल रिपोर्ट कमिटी प्रमुख नम्रता दाहाल, ओ एम सि रिपोर्ट प्रमुख मोनिका थापा र सर्भिस कमिटी प्रमुख श्विद्या कायस्थले वार्षिक प्रगति विवरण पेश गरेको सचिव बिजुक्छेले जानकारी दिईन् ।
जोन्टा कल्ब अफ पोखराले २०७७ साल भरि नै कोभिड संग जुध्दैे लैंगिक हिंसाविरुद्ध को १६ दिने कार्यक्रम, एलो रोज डे, लगाएत विभिन्न विद्यार्थिहरुलाई विभिन्न विषयमा तालिम दिनेदेखी स्कलरसिप दिएर धेरै विद्यार्थीको र महिलाको जिवन परिवर्तनमा सहयोग गर्ने सहयोगी हात बन्न सफल उनले बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







