अमेरिकामा गोलाबारी: एक वर्षीय बालकसहित दुई जनाको मृत्यु, आक्रमणकारीद्वारा आत्महत्या


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अमेरिकामा एक व्यक्तिले ग्रोसरी स्टारमा गोलाबारी गर्दै एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको हत्या गरेका छन्।

त्यसलगत्तै आत्महत्या रोज्ने क्रममा उनले आफैंमाथि पनि गोली हाने। घटना अमेरिकाको फ्लोरिडा राज्यको हो।

५५ वर्षका टिमोथी जे वालले यसरी गोली चलाएका हुन्। तर, उनले गोली चलाउनुको कारण भने अझै खुलेको छैन। स्थानीय अधिकारीहरुका अनुसार बन्दुकधारी र बच्चाको परिवारबीच कुनै सम्बन्ध रहेको पनि देखिएको छैन। यद्यपि, केही समयअघि सामाजिक सञ्जालमार्फत वालले बच्चा र मानिसहरु मार्ने ईच्छा व्यक्त गरेको स्थानीय अधिकारीहरुले जनाएका छन्।

स्थानीय समयअनुसार बिहान ११ः३५ बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। घटनास्थलमा पुग्दासम्म बालक, उनकी हजुरआमा र आक्रमणकारीसहित ३ जना मृत अवस्थामा थिए।

अनुसन्धान अधिकारी तलला मर्सीले घटनाबारे छानविन चलिरहेको र यसक्रममा ३० जनाभन्दा धेरै मानिससँग बयान लिइएको बताएका छन्।

ग्रोसरी स्टोरको सीसीटीभी भिडियो हेर्दा हजुरआमा र बालक ११ः०७ मा स्टारभित्र आएको र आक्रमणकारी ११ः२९ मा उक्त स्थानमा पसेको देखिएको छ। भिडियोमा देखिएअनुसार वालले ११ः३४ मा बन्दुक उठाएर बालकमाथि पहिलो निशाना साँधेका थिए। त्यसपछि वाललाई रोक्नका लागि अगाडी बढेकी हजुरआमा निशानामा परेकी थिइन्। वालले ती वृद्धलाई पहिले मैदानमा पछारेका थिए। त्यसपछि उनीमाथि पनि गोली चलाए।

सीएनएन


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।