तस्बीरः बीबीसी
सेनाले गरेको कहारबाहीमा परेर सोमालियामा १७ सशस्त्र लडाकूहरुको ज्यान गएको छ।
त्यहाँका सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न २ प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन्।
त्यहाँको हिरान भन्ने स्थानमा सोमालियाको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो। सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्को एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन्।
ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरूले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो। त्यस सूचनाका आधारमा त्यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो।
त्यस कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ। अरु कैयौँ घाइते पनि भएका छन्। यस कारबाहीमा परेर के कति विद्रोही मारिएका छन् भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताइएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







