कोपा अमेरिकाको उद्घाटन खेल खेल्ने भेनेजुएलाको १२ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित




तस्बीरः हभाना टाइम्स डट ओआरजी

कोपा अमेरिकाको उद्घाटन खेल खेल्ने तयारीमा रहेको भेनेजुएला टोलीको १२ जनामा कोरोना संक्रमण देखिएको समाचार छ।

सोमबारबाट ब्रालिमा सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता तथा यस संस्करणको आयोजक ब्राजिलसँग खेल्ने तयारीमा रहेको भेनेजुएलाको राष्ट्रिय टोलिका १२ जनामा कोरोना संक्रमण देखा परेको हो।

कोपा अमेरिका खेल्न शनिबार बिहान ब्राजिल पुगेको भुनेजुएलाको राष्ट्रिय टोलीका खेलाडी र स्टाफमा गरी १२ जनालाई कोरोना पोजिटिभ रहेको नतिजा बाहिर आएको हो।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले ब्राजिलको स्वास्थ्य विभागलाई जारी गरेको पत्रमा भेनेजुएलाको खेलाडी र स्टाफमा गरी कुल १२ जना सदस्यमा कोरोनाको संक्रमण देखिएको उल्लेख गरिएको छ।

कान्मोबोलका अनुसार संक्रमित सबै १२ जनालाई आ आफ्नो होटलको कोठामा आइसोेलेसनमा राखिएको छ। तर, कोन्मेबोलले कति जना खेलाडीमा कोरोना पोजिटिभ देखिएको भने खुलाइएको छैन।

कोन्मेबोलले विशेष परिस्थितीका कारण खेलको दौरान खेलाडीमा समस्या देखिने टोलीलाई खेलाडी सब्स्टीट्युसनका लागि असंख्यक सुविधा प्रदान गरिने जनाएको छ। कोरोना देखिएका र सम्पर्कमा रहेका खेलाडीहरुलाई भने मैदानमा प्रवेश नदिइने समेत कोन्मेबोलले जनाएको छ।

कोन्मेबोलको विज्ञप्ति र भेनेजुएलाको टोलीमा देखिएको कोरोना संक्रमणको कारण उद्घाटन खेल नहुने सम्भावना बढेको छ।

अर्काेतर्फ ब्राजिलको स्वास्थ्य विभागका सचिव ओस्नोइ ओकोमोताले सिएनएनसँग कुरा गर्दै भेनेजुएलाको पाँच खेलाडी र ७ स्टाफमा कोरोना पोजिटिभ रहेको बताएका छन् ।

कोरोना महामारीका कारण एक वर्ष स्थगित बनेको कोपा अमेरिका कोलम्बिया र अर्जन्टिनाले कोरोनाका कारण आयोजना गर्न नमानेपछि यस वर्ष पनि प्रतियोगिता अन्यौलमा परेको थियो।
तर, एक साताअघि मात्र ब्राजिलमा गर्ने तय गरिएको थियो। यो निर्णय पनि ब्राजिलमा बढ्दो कोरोनाका कारण विवादास्पद बनेपछि शुक्रबार ब्राजिलको सर्वाेच्च अदालतले प्रतियोगिता गर्न अनुमति दिएपछि सुरु हुन लागेको हो।

सीएनएन


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।