पाेखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको कार्यबाहक अध्यक्षमा हरि प्रसाद पराजुली नियुक्त भएका छन् ।
मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो व्यक्तिगत कार्यव्यस्तता कारण मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका पराजुलीलाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा नियुक्त भएकाले आफ्नो कार्यव्यस्तताका कारण पराजुलीलाई कार्यबाहकको जिम्मेवारी सुमिएको अध्यक्ष गुरुङले बताए । भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पराजुली कृषी विकास बैंक सञ्चालक समितिका सदस्य हुन् ।
यसैबीच भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड विरुद्धको महामारीसँग जुध्न गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउण्डेशनले सञ्चालनमा ल्याउन लागेको अक्सिजन ग्यास प्लान्टका लागि १ लाख नगद सहयोग गर्ने भएको छ । मञ्चको शनिवार सम्पन्न जुम बैठकले फाउण्डेशनलाई १ लाख सहयोग गर्ने निर्णय गरेको हो । फाउण्डेशनले महामारीको बेला मानविय विपत्तिबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आफ्नो उपस्थितिसमेत रहोस् भन्नका लागि उक्त सहयोग गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।
यसैगरी फाउण्डेशनको आह्वानमा मञ्चका पदाधिकारी तथा आजीवन सदस्यहरुलेसमेत व्यक्तिगत रुपमा नगद सहयोग गर्ने भएका छन् । मञ्चका तर्फबाट फाउण्डेशनका लागि अध्यक्ष तेज गुरुङ, महासचिब खेम गुरुङ, सदस्यहरु भरत कुमार आले, ओम गुरुङ, हरिश्वर पराजुली र आजीवन सदस्य मैंया पराजुलीले व्यक्तिगत रुपमा जनही ५ हजारका दरले सहयोग गर्ने भएका छन् । उक्त रकम एक मुष्ट रुपमा संकलन गरी मञ्चको तर्फबाट फाउण्डेशनलाई प्रदान गरिने भएको छ ।
मञ्चले कोभिड १९ महामारीका कारण स्वास्थ्य लाभ गरिरहेका मञ्चका कार्यसमिती सदस्य तिलक केसी, आजीवन सदस्य गोकर्ण कार्की र उनकी धर्मपत्नीको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले कोभिड १९ का कारण मञ्चका आजीवन सदस्य तथा वरिष्ठ संस्कृतीकर्मी मेनकाजी गुरुङ र उनकी धर्मपत्नी तथा आजिवन सदस्य रमेश कर्माचार्यको निधनप्िरत गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







