युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जारी युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन्।

समुह ‘डी’ को खेलमा इङ्ल्याण्डले क्रोएसियालाई १–० ले हरायो। लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोली इङ्ल्याण्डलाई विजयी गराउन रहिम स्टर्लीङले निर्णायक गोल गरे।

त्यस्तै समुह ‘सी’ को खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ को जित निकाल्दा अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ३–१ ले पराजित ग¥यो।

युरोपका विभिन्न ११ शहरमा भइरहेको युरोकप फुटबलमा आज पनि तिन खेल हुनेछन्।
आज नेपाली समय अनुसार साँझ पौने ७ बजे हुने खेलमा स्कटल्याण्ड र चेक गणतन्त्र भिड्नेछन्।

यसैगरी, बेलुकी पौने १० बजे पोल्याण्ड र स्लोभाकिया भिड्नेछन्। यसैगरी, राती पौने १ बजे स्पेनले स्विडेनसँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।