पोखरा । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालले रु १ लाख २५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।
कोभिड १९ को महामारी सँगै अक्सिजन अभावका कारण धेरैको ज्यान जोखिममा पर्न थाले पछि बतास फाउण्डेशनको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न लागिएको हो । सोमबार मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, कार्यवाहक अध्यक्ष हरि प्रसाद पारजुली र सह कोषाध्यक्ष महेश पौडेलको टोलीले अर्थ संकलन महाअभियानका सञ्चार सहकार्य एभरेष्ट एफ.एम.का सम्पादक दीपेन्द्र श्रेष्ठलाई नगद १ लाख २५ हजार हस्तान्तरण गरेको हो ।
अक्सिजन ग्यास प्लान्ट स्थापनाका लागि मञ्चको तर्फबाट नगद १ लाख र मञ्चका ६ जना आजिवन सदस्यहरुले जनही नगद ५/५ हजार सहयोग गरेका छन । नगद सहयोग गर्नेहरुमा मञ्चका अध्यक्ष तेज गुरुङ, महासचिव खेम गुरुङ, कार्य समिती सदस्य भरत कुमार आले, कार्य समिती सदस्य हरिश्वर पोखरेल र आजिवन सदस्य मैयाँ देवी पराजुली रहेका छन । सोही कार्यका लागि मञ्चका सहकोषाध्यक्ष महेश पौडेलले नगद ५ हजार सम्पादक श्रेष्ठलाई हस्तान्तरण गरे ।
मञ्चद्वारा प्रदान गरिएको रकम वुझ्दै सञ्चार संयोजक श्रेष्ठले फाउण्डेशनका तर्फबाट आभार व्यक्त गरेका छन् । मञ्चका अध्यक्ष गुरुङले फाउण्डेशनको अभियानमा अग्रज खेलाडीहरुको छाता संस्था जोडिन पाउँदा खुसी लागेको बताए ।
यसैबिच पोखरा ६ लेकसाइडमा अवश्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि अक्सिजन प्लान्ट स्थापनार्थ १० हजार सहयोग गरेको छ ।
अभियानका संयोजक तथा बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले ५०/५० सिलिण्डर प्रतिदिन क्षमताको ४ वटा प्लान्ट खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । संयोजक बतासले अबको ३ हप्तामा जडान गर्ने गरि फास्ट ट्र्याकबाट गृहकार्य अघि बढाइएको बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







