‘अक्सिजन प्लान्टका लागि अमेरिका निबासी राजु भण्डारी दम्पतिद्वारा ५० हजार ५ सय सहयोग प्रदान’


     एभरेस्ट आवाज    
     असार १ गते २०७८ मा प्रकाशित




पोखरा । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि पोखरा ५ मालेपाटन स्थायी घर भई हाल अमेरिका निबासी राजु भण्डारी र उहांकि जिबनसंगिनी कल्पना भण्डारीले रु ५० हजार ५ सय नगद सहयोग गरेका छन् ।
कोभिड १९ को महामारी सँगै अक्सिजन अभावका कारण धेरैको ज्यान जोखिममा पर्न थाले पछि बतास फाउण्डेशनको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न लागिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन महाअभियानमा भण्डारीले सहयोग गरेका हुन् ।
बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा सहयोग गर्दै भण्डारीले तन बिदेशमा भए पनि मन स्वदेशमै रहेको बताए । ‘यो एउटा अत्यावश्यक र सकारात्मक पहल हो , भण्डारीले आग्रह गरे, ‘म बिदेशमा रहेका अन्य पोखरेली साथीहरुलाई सक्दो सहयोगका लागि अनुरोध गर्दछु ।’ कर्मयोगी र मनकारी भण्डारी बिगत एक दशकदेखि सपरिवार अमेरिका बस्दै आएका छन् ।
बतास फाउण्डेसनको ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बतास फाउण्डेसनका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए । समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा मोबाइल बैंक ट्रान्सफर र चेक मार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।
समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने र सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका प्रबक्ता नारायण पौडेलले जानकारी दिए । फ्रान्सबाट अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । परिश्थिति अनुकुल रहे अबको ३ हप्ता भित्रमा प्लान्ट जडान भई अक्सिजन उत्पादन शुरु हुने अभियानका अध्यक्ष आनन्दराज बतासले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।