फाइल तस्बीर
अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ६ लाख १२ पुगेको छ।
विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। त्यहाँ झन्डै ३ करोड ३५ लाखलाई संक्रमण भइसकेको छ। त्यस्तै, मृतक संख्यामा पनि अमेरिका विश्वको पहिलो स्थानमा छ।
यद्यपी, पछिल्लो समय राष्ट्रपति जो बाइडेनले महामारीलाई केही हदसम्म नियन्त्रणमा राख्न सफल भएका छन्। तर, ४ जुलाईसम्म उमेर पुगेका ७० प्रतिशतलाई खोप लगाउने उनको योजना सफल होलाजस्तो देखिएको छैन। अमेरिकामा १७ करोड ७३ लाख जनसंख्या अर्थात् झन्डै ५२ प्रतिशत जनसंख्याले कम्तिमा खोपको एक डोज लिइसकेको छ।
कोरोनाबाट सर्वाधिक धेरै व्यक्ति मृत्यु हुने देशको सुचीमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन्। ब्राजिलमा ४ लाख ८ हजार र भारतमा ३ लाख ७७ हजारले ज्यान गुमाइसकेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







