युरोकपः नेदरल्याण्ड्स नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

लगातार जितपछि नेदरल्याण्ड्सले युरो २०२० को नकआउट चरणमा स्थान बनाएको छ।

आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनामा समूह ‘सी’ को दोस्रो खेलमा डच टोली नेदरल्याण्ड्सले अस्ट्रियालाई २–० गोलले हरायो।

नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो। अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार समर्थकलाई रंगशाला प्रवेश दिइएको थियो।

खेलको सुरुआती समयमै पेनाल्टी गोलमार्फत नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। अस्ट्रियाका डेभिड अलावाले डच विङगर डेन्जल डम्पफ्राइजलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा मेम्फिस डिपेले सहजै गोल गरेका थिए।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनलाई निरन्तर राख्दै डम्पफ्राइजले नै नेदरल्याण्ड्सका लागि दोस्रो गोल गर्न सफल रहे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।