युरोकपः युक्रेनको पहिलो जित


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

यस संस्करणको फुटबलमा युक्रनेले पहिलो जित निकालेको छ।

पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह ‘सी’मा ३ अंक जोड्न सफल भयो। मेसेडोनिया भने लगातार २ खेलमा पराजित हुन पुग्यो।

रोमानियामा भएको खेलमा युक्रेनलाई जिताउनका लागि एन्ड्रिय यार्मोलेन्को र रोमर यामरचोकले १/१ गोल गर्दा मेसेडोनियाका लागि इज्ग्यान इलिओस्कीले १ गोल फर्काए।

२९ औं मिनेटमा एन्ड्रिय यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि यामरचोकले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २ गोल गरेको युक्रेनले दास्रो हाफमा १ गोल खाए पनि जित भने निकाल्न सफल भयो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।