कोपा अमेरिकाः कोलम्विया र भेनेजुएलाले बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कोपा अमेरिका कपमा कोलम्विया र भेनेजुएलाले बराबरी खेल्दै अंक बाँडेका छन्।

दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाल्दा खेल गोलरहित बराबरीमा खेल टुंगिएको हो।

स्टेडियो ओलिम्पिको पेड्रो लुडोभिको टेइसेरिया ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा कोलम्विया बराबरीमा रोकिन बाध्य बन्यो।

कोलम्वियाले ६६ प्रतिशत बल पोसेसन राख्दै भेनेजुएलाको पोस्टमा २३ पटक आक्रमण बुनेपनि गोलरक्षक विकेर फारिनेजले लगातार बचाउ गर्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुइस डियाज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्विया १० खेलाडीमा सीमित बनेको थियो।

यो बराबरीसँगै समूह ‘बी’ मा अपराजित रहेको कोलम्वियाले २ खेलबाट ४ अंक जोडेको छ। भेनेजुएलाले पहिलो अंक जोड््दै तेस्रो स्थानमा उक्लिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।