तस्बीरः एजेन्सी
ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको हो।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लिसनले १÷१ गोल गरे।
खेलको १२ औँ मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ६८ औँ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे। पेलेको र्कीतिमानदेखि ९ गोलले पछि रहेका नेयमारको यो ६८ औँ गोल हो।
८९ औँ मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए। खेलको इन्ज्युरी समयमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए ।
जितसँगै समूह ‘बी’मा रहेको ब्राजिलले २ खेलबाट ६ अंक जोडेको छ। ब्राजिल समूहको शीर्ष स्थानमा छ। ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई हराएको थियो। पेरुको यो पहिलो हार हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







