कोभिड प्रभावित दृष्टि विहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित




पोखरा । नेत्रहिन संघ कास्कीको समन्वयमा कास्कीका १६५ जना दृष्टिविहिन तथा अपाङ्गता भएका परिवारलाई राहत वितरण गरेको छ ।

संघले अपाङ्गता भएका परिवारलाई यही असारदेखि सुरु गरेको राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै हालसम्म १६५ जनाको परिवारलाई राहत वितरण गरेको संघका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए ।

विश्वव्यापी कोरोना भाइरस महामारीपछिको निषेधज्ञाबाट समस्यामा परेका उनीहरुलाई आवश्यक दैनिक उपभोग्य खाद्यन्न वितरण गरिएको उनले बताए । संघले विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखराको सहयोगमा एक बोरा चामल, ३ के.जी. दाल, ३ लिटर तेल र २ के.जी. नुनसहितको खाद्यान्न सामग्री प्रति परिवार वितरण गरिएको हो ।

सडक गायन, दोहोरी साँझमा कार्यरत, मसाज थेरापिष्ट, धुप, मैनवत्ति लगाएतको घुम्ती व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका १२१ दृष्टिविहिन तथा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको कुरा विजनेस प्रोफेशनल वुमेन क्लव पोखरा च्याप्टरका अध्यक्ष हरीमाया शर्मा र सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक लक्ष्मी गुरुङले जानकारी गराए ।

कोभिड माहामारीका कारण जारी निशेधाज्ञामा आफ्नो दैनिक गुजारा गरी जीवन निर्वाहमा समस्या भएका व्यक्तिहरुको समस्यालाई दृष्टिगत गरि कास्की नेत्रहिन संघले सम्वन्धित परिवारको घरमै पुगि राहत वितरण गरिएको कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले बताए ।

संघले यसभन्दा अगाडि पनि सुप्रिना फाउन्डेशनको सहयोगमा २० जना र समाजसेवी संगिता पौडेलको सहयोगमा ६ जना दृष्टिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेको बताए ।

साथै संघले कोभिडका कारण अप्ठेरोमा परेका दृष्टिविहिनहरुलाई कास्की नेत्रहिन संघको सम्पर्कमा आउन अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।