१२ देशले मात्रै एसियन महिला भलिबल च्याम्पियनसीप खेल्ने


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

एसियन महिला भलिबल च्याम्पियनसीपमा १२ देशले मात्रै खेल्ने भएका छन्।

आगामी भदौमा फिलिपिन्समा आयोजना हुने उक्त च्याम्पियनसीपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महासंघले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलंका, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्।

सुरुवातमा उक्त प्रतियोगिता चीनमा आयोजना गरिने तय गरिएको थियो। पछि, कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो।

एसियन च्याम्पियनसीपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन्।

नेपाली महिला भलिबल टोली पहिलो पटक एसियन च्याम्पियनसीपमा सहभागी हुन लागेको नेपाल भलिबल संघले जनाएको छ। प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म चल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।