युरोकप: जर्मनीको शानदार जित


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ।

जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले १/१ गोल गरे। जर्मनीका लागि पोर्चुगलको टोलीबाट बाँकी आत्मघाती गोल उपहार मिल्यो।

पोर्चुगलका रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे।

समूह ‘एफ’मा जर्मनीको यो पहिलो जित हो। दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ। पोर्चुगलको यो पहिलो हार हो। पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो। समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलबाट ३ अंक जोडेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।