गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले काफ्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो । काफ्ले तनहुँको ब्यास नगरपालिका ५ का स्थायी बासिन्दा हुन् ।
प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त काफ्लेले अर्थशास्त्रमा पि.एच.डी गरेका छन् । उनी आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भइसकेका छन् । तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख समेत भएर काम गरेको उनको अनुभव छ । त्यसैगरि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकको रुपमा समेत उनले काम गरेका छन् । श्रम तथा रोजगार विज्ञको रुपमा काफ्ले परिचित छन् ।
यसैबीच, काफ्लेले आईतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काफ्लेलाई सपथ ग्रहण गराएका हुन् । उपाध्यक्ष नियुक्त भएपनि प्रदेश नीति तथा योजना आयोगको अन्य सदस्य भने नियुक्त नभइसकेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा…







