तस्बीरः एजेन्सी
युरोकप फुटबल अन्तर्गत गएराति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले हराएको छ।
स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले २ र ह्यारिस सेफेरोभिचले १ गोल गरे।
टर्कीका इरफान केभाचीले १ गोल फर्काए।
अजरबैजानको बाकुमा भएको खेलको छैठौं मिनेटमा ह्यारिस सेफेरोभिचले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । टर्कीको रक्षापक्तिमाथि लगातार आक्रमण गरेको स्वीटजरल्यान्डका लागि २६ औं मिनेटमा शकिरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २-० ले पछि परेको टर्कीका लागि इर्फान खभेचीले ६२ औं मिनेटमा एक गोल फर्काएका थिए।
तर, ६८ औं मिनेटमा शकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीट्जरल्यान्डका लागि ३-१ को जित सुनिश्चित गरे ।
जितका बाबजुद समूहमा तेस्रो भएको स्वीट्जरल्यान्डले नकआउट चरणमा सोझै स्थान बनाउन सकेन।
तर, समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टिममा रहेर स्वीट्जरल्यान्डको अन्तिम १६ मा स्थान बनाउने संभावना भने बाँकी छ।
समूह ‘ए’ मा अङ्कविहीन बनेको टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







