युरोकप फुटबलः इटाली समूह विजेता, वेल्स नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युरोकप फुटबलमा इटालीले समूह चरणमा ३ वटै खेल जित्दै समूह विजेता बनेको छ। गएराति भएको खेलमा इटालीले वेल्सलाई १–० ले हराएको हो।

इटालीको जितमा खेलको ३९ औं मिनेटमा माटेओ पेसिनाले निर्णायक गोल गरे। खेलको ५६ औँ मिनेटमा इथान एम्पाडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित भएको थियो।

इटाली ३ खेलबाट ९ अंक जोडेर समूह विजेता बन्दा ४ अंक जोडेको वेल्स उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।