पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी बोगटी परिवारले पोखरा १७ छोरेपाटनमा रहेकोे मानव सेवा आश्रम तथा सितापाइला स्थित बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
लक डाउन र कोरोनाले महामारीको रुप लिएको अबस्थामा मानवसेवा आश्रममा सहयोग धेरै कम भएको कारणले गर्दा लक्ष्मीनारायणहरुलाई सेवा दिन गाह्रो भै–रहेको अबस्थामा पोखरा–६ लेक साइड निवासी पूर्ण बहादुर बोगटी र श्रीमति शुसिला बोगटीले चामल ९ बोरा सहित दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नुन, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन प्रदान गरेका थिए ।
सहयोगका लागि मानव सेवा आश्रम छोरेपाटनका संयोजक राजन सापकोटाले धन्यवाद व्यक्त गरे ।
त्यसै गरि बोगटीले पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशब पराजुलीलाई पनि खाद्यान्न हस्तान्तरण गरेका छन् ।
हाल अमेरिका निवासी छोरा बिप्लब बोगटी, बुहारी प्रतिभा बोगटी, छोराछोरीहरु एलिना, अस्टिन र अतिथि बोगटीको जन्मदिनको उपलक्ष्यमा बोगटीका बुबा पुर्ण बहादुर बोगटी र आमा शुशिला बोगटीले ५० हजार भन्दा बढीको खाद्यान्न बृद्धाश्रमहरुलाई प्रदान गरिएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







