तस्बीरः एजेन्सी
युक्रेनमाथि १–० को जितसहित अस्ट्रियाले पनि जारी युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको छ।
अस्ट्रियाको जितमा क्रिस्टोफ बौमगार्टनरले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै ६ अंक जोडेको अस्ट्रिया समुह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।
समूह सीको उपविजेता बनेको अस्ट्रियाले क्वार्टरफाइनल प्रवेशका लागि इटालीको सामना गर्नेछ।
इटाली समूह ‘ए’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। इतिहासमा पहिलो पटक अन्तिम १६ मा पुगेको अस्ट्रियाले क्वार्टरफाइनलसम्म पुग्नका लागि २९ खेलमा अपराजित रहेको इटालीलाई पराजित गर्नुपर्नेछ।
यी दुई बीचको प्रि–क्वार्टरफाइनल आगामी आइतबार लन्डनस्थित वेम्ब्ली स्टेडियममा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







