तस्बीरः एजेन्सी
रुसमाथि ४–१ को प्रभावशाली जितसहित डेनमार्क समूह ’बी’को उपविजेता बन्दै युरोकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पार्केन रंगशालामा घरेलु टोलीलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसन र जोकिम मुहलेले १/१ गोल गरे।
रुसका आर्टम ज्युबाले १ गोल फर्काए। डेनमार्कसँग पराजित भएको रुस ३ खेलबाट ३ अंकसहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। समान ३/३ अंक रहेको रुस र फिनल्याण्डसँग गोलसंख्याको आधारमा डेनमार्कले नकआउट चरणमा स्थान बनाएको हो।
यो समुहबाट रुससँगै फिनल्याण्ड पनि प्रतियोगिताबाट बाहिरिएको छ। एउटै समुहमा रहेका डेनमार्क, फिनल्याण्ड र रुसले जारी युरोकपको लिग चरणमा समान २/२ खेल हारेको थियो भने समान १/१ खेल जितेको थियो।
डेनमार्कले ३ खेलमा ५ गोल गरेको थियो भने ४ गोल खाएको छ। फिनल्याण्डले १ गोल गरेको छ भने ३ गोल खाएको छ। त्यस्तै, रुसले २ गोल गरेको छ भने ७ गोल खाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







