पोखरा महानगर खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्का


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवास खड्का मनोनित भएका छन्।

महानगरको ५० औ कार्यपालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्ति गरेको हो।

पोखराको खेलकुदमा स्वयंसेवी प्रशिक्षकको समेत भुमिकामा रहेका खड्का २०६१ देखि निरन्तर रुपमा खेलकुदको क्षेत्रमा लागि परेका खेलकर्मी हुन। मुआथाईका राष्ट्रिय रेफ्री समेत रहेका खड्का नेपाल रग्वी संघ कास्कीका अध्यक्ष, फुल कन्ट्याक कराँते लेखनाथ डोजोका प्रमुख समेत हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।