युरोकप फुटबलः समूह विजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

इङ्ल्याण्ड समूह ‘डी’को विजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।

मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड समूह विजेता बनेको हो।

वेम्बली स्टेडियममा इङ्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन्। जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो।

यस जितसँगै इङ्ल्याण्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ। शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले ३ खेलमा ७ अंक जोड्यो। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थिया


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।