तस्बीरः एजेन्सी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रका लागि सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमानीसँग बराबरी गरेका छन्।
ब्राजिलमा जारी कोपा अमेरिका कपअन्तर्गत मंगलबार बिहान पाराग्वेविरूद्धको खेलसँगै मेस्सीले आफ्ना पूर्वसहकर्मी मिडफिल्डर मास्चेरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन्।
आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि मास्चेरानोले मेस्सीलाई बधाई दिएका छन्। ‘अर्जेन्टिनाका लागि कीर्तिमानी खेल खेलेकोमा लियोलाई बधाई !’ मास्चेरानोले सामाजिक सञ्जालमा लेखेका छन्।
३७ वर्षीय मास्चेरानोले २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
अर्जेन्टिनाको इतिहासमा केवल ६ खेलाडीले मात्रै १ खेलको कोशेढुंगा पार गरेका छन्। अहिले सक्रिय खेलाडीमध्ये मेसी र डि मारियासँगमात्र १ सयभन्दा धेरै खेलको अनुभव छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







