युवा उद्यमी मन्च पोखराद्वारा ३० एकल महिलालाई राहत प्रदान


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




पोखरा । २३ जुन अन्तर्राष्ट्रिय एकल महिला दिवशको सन्दर्भ पारि नेपाल युवा उद्यमि मन्च पोखराले बिपन्न बर्गका एकल महिलालाई बुधबार राहत बितरण गरेको छ । कोरोनाको कहर र लम्बिदो निषेधाज्ञाको मारमा परेका आर्थिक अवश्था कमजोर भएका पोखराका ३० एकल महिलाका परिवारलाई एभरेस्ट एफ.एम.को समन्वय र मावब अधिकारका लागि महिला एकल महिला समूह गण्डकीको सहजिकरणमा राहत बितरण गरिएको हो ।
राहत प्याकेजमा २५ केजि चामल,दाल,तेल,चना,नुन लगायतका खाद्यान्न सामग्रि रहेको सामाजिक अभियन्ता तथा युवा उद्यमि मन्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । एभरेस्ट एफ.एम.को कार्यक्रम ‘पेटबोली’मा एकल महिलालाई महामारीले पारेको समस्याको बारेमा अन्तर्वार्ताको क्रममा एकल महिला समूह गण्डकी प्रदेशका अध्यक्ष प्रमिला तझ्याले राहतको आवश्यकता रहेको समस्या सुने पछि मानबिय नाताले आफूले राहतका लागि पहल गरेको मन्चका अध्यक्ष भट्टराईले बताए । ।
लकडाउनले आम्दानीको श्रोत गुमाएका कमजोर आर्थिक अवश्था भएका एकल महिला दिदी बहिनीलाई संकटको बेला सहयोग गरेकोमा मानब अधिकारका लागि महिला एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले धन्यबाद दिदै आगामि दिनमा पनि महिला सशक्तिकरणको क्षेत्रमा सहयोगको अपेक्षा गरिन् । तझ्याले एकल महिला समूह श्रीमान गुमाएका महिलाहरुको मात्र संस्था भएको जानकारी गराउदै यसले ति एकल महिलाहरुको अधिकारको वकालत र सशक्तिकरणको क्षेत्रमा काम गर्ने जानकारी दिइन् ।
नेपाल युवा उद्यमी मन्च पोखरा ४० बर्ष मुनिका युबा ब्यबसायीहरुको सहजिकरण र क्षमता अभिबृद्दिका लागि क्रियाशिल व्यवसायीक संस्था हो । यस संस्थाले यस अघि पनि पश्चिमान्चल क्षेत्रीय अस्पकाल पोखरा र संक्रामक तथा सरुवा रोग अस्पताल शिसुवालाई अक्सिजन सिलिन्डर, मास्क, पिपिई,अक्सिमिटर, सर्जिकल मास्क, एन नाइन्टी फाइभ मास्क, हेन्ड सेनिटाइजर,फेस सिल्ड लगायत स्वास्थ्य उपकरण सहयोग गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।