काठमाडौं । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपमा आज (बुधबार) राति साविक विजेता पोर्चुगलले विश्व विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगल र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे सुरु हुनेछ ।
‘ग्रुप अफ डेथ’ मानिएको समूह ’एफ’ रहेको फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा १ जित र १ बराबरी खेलेर ४ अंक जोडेको छ । आजको खेलमा पोर्चुगललाई हराएमा फ्रान्स समूह विजेता बन्नेछ । पोर्चुगल भने फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्ने ध्याउन्नमा छ । पोर्चुगल २ खेलमा १ जित र १ मा हार ब्यहोर्दै ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
सन् २०१६ को युरोकपको फाइनलमा यी दुई देश भिडेका थिए । उक्त खेलमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराएर युरोकपको उपाधि उचालेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







