युरोकप फुटबलः समूह ‘ई’ बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

युरोकप फुटबल अन्तर्गत बुधबार भएको नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘ई’ को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जित दिलाए। यसअघि इमिल फ्रोसबर्गले २ गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएपनि रोबर्ट लेवान्डोस्कीले २ गोल फर्काउँदै खेल बराबरी गरेका थिए। तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जित दिलाए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।