तस्बीरः एजेन्सी
उपाधिको दाबेदार मानिएको स्पेनले समुह ‘ई’ को स्लोभाकियामाथि ५–० को गोल वर्षा युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
स्पेन यस समूहको उपविजेतामा रहँदै प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको हो ।
पहिलो २ खेलमा निरस बराबरीमा रोकिएको स्पेनले खेलको ३० औँ मिनेटमा स्लोभाकियाको आत्मघाती गोलबाट अग्रता लिएको थियो। यसअघि खेलको शुरुवातमा नै स्पेनका लागि पेनाल्टीबाट गोल गर्न अल्भारो मोराटा चुकेका थिए। पहिलो हाफको इन्जुरी समयमा एमेरिक लापोर्टेले स्पेनको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पाब्लो साराबिया र फेरान टोरेसले १÷१ गोल थपे। स्लोभाकियाले थप १ आत्मघाती गोल गर्न पुग्यो। समूह चरणको खेलपछि स्पेनले ५ अंक जोड्यो भने स्वीडेनले ७ अंक बटुल्न सफल रह्यो। स्वीडेनले अब युक्रेन, चेक रिपब्लिक वा स्वीटजरल्याण्डको सामना गर्नेछ भने स्पेनले क्रोएसियाको सामना गर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







