न्युजिल्यान्ड बन्यो आइसीसी विश्व टेष्ट च्याम्पियन


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै आइसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

दुई दिनसम्म वर्षाले प्रभावित भएपछि छैटौं दिन टेस्ट खेलाइएको थियो। ६४/२ को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पायो।

जुन २ विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। उपाधिसँगै न्युजिल्याण्डले १.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भारतले ८००,००० अमेरिकी डलर प्राप्त गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।